दोलखा। दोलखाको वैतेश्वर र विगु गाउपालिकामा काँग्रेसले प्रमुख पदमा विजयी भएको छ। पछिल्लो मतपरिणाम अनुसार विगुमा काँग्रेसका युधिष्ठिर खड्का ४०२३ मत ल्याएर अध्यक्षमा निर्वाचित भए। उनका प्रत्यासी एमालेका सुन्दर लामिछाने विश्वकर्माले २५८६ मत ल्याए।

उपाध्यक्षमा भने माओवादीका सञ्जिव ओलीले ३२३० मत ल्याएर निर्वाचित भए। उनका प्रतिष्पर्धी एमालेकी गोमा केसीले २७९९ मत ल्याइन।

विगुको ८ वटा वडामा माओवादीले ४ वटामा, काँग्रेसले ३ र एमालेले १ वडामा विजय हासिल गरेका छन्।

यसअघी नै बैतेश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्धार छबि लामा विजयी भएका छन् । लामाले ७ हजार १सय ३९मत प्राप्त गरेका छन्, भने लामाका प्रतिद्धन्दी ऋषिकेश उप्रेतिले ५ हजार ८ मत प्राप्त गरेका छन् ।

बैतेश्वर गाउँपालिकाको उपप्रमुखमा नेकपा माओबादी केन्द्रका उम्मेद्धार बिजयी भएका छन् । बिजयी उप्रमुख रबिचन्द्र आचार्यले ७ हजार ५सय ११ मत प्राप्त गरेका छन्। आचार्यका प्रतिद्धन्दी एमालेको उम्मेद्धार शान्तिमाया तामाङले ४हजार ४सय २३ मत प्राप्त गरेका निर्बाचन कार्यलय दोलखाले जनाएको छ। बैतेश्वर गाउँपालिकामा वडा अध्यक्षहरुमा नेपाली कांग्रेसले ४ स्थानमा बिजयी भएको छ । एमाले ३ स्थानमा बिजयी भएको छ भने माओबादी केन्द्रले १ स्थानमा वडा अध्यक्षमा बिजयी भएको छ ।

त्यसैगरि जिरी नगरपालिकामा नेकपा एमालेका उम्मेद्धार टंक जिरेल बिजयी भएका छन् । बिजयी जिरेलले ३ हजार २ सय १२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दि नेकपा माओबादी केन्द्रका उम्मेद्धार गेल्बु शेर्पाले २ हजार १ सय ६ मत प्राप्त गरेका थिए ।

जिरी नगरपालिकामा नेपाली कांगे्रस १ हजार ४ सय २ मतका साथ तेस्रो भएको छ । जिरी नगरमा एमाले ६ स्थानमा वडा अध्यक्ष बिजयी भएको छ भने माओबादी केन्द्रले २ स्थानमा वडा अध्यक्षमा बिजयी भएको निर्बाचन अधिकृत दिपेन्द्र काफ्लेले बताए ।

नेपाली कांग्रेसले भने जिरीमा १ मात्र वडा अध्यक्षमा बिजयी प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah