दमक। कोरोना भाइरसका कारण विश्वभर त्रास कायमै छ । र यही कोरोनाका कारण नेपालमा लकडाउन भएको पनि झण्डै ३ महिना हुनै लागेको छ । देशका व्यापार व्यवसाय ठप्प प्राय छन् । कोरोना संक्रमितको संख्या झन झन बढ्दै गएको छ ।

सरकारले केहि व्यापार व्यवसाय संचालनमा छुट दिएको छ । र ती संचालन हुँदै आएका छन् । तर देशको मेरुदण्डको रुपमा रहेको होटल व्यवसाय भने धरापमा परेको छ । सानातिना होटल खुलेपनि ठूला होटल खोल्न सरकारले रोकेको छ । र देशभरका ठूला होटल बन्द छन् ।  होटल व्यवसायीहरुले व्यवसाय धरासायी भएको बताउदै आएका छन् ।

पुर्वमा नाम चलेका होटल संचालकको कुरा पनि उस्तै छ । हामीले पुर्वका केहि होटल व्यवसायीहरुसँग यसै पेरिफेरिमा कुरा गरेको छौ । कुराकानीका क्रममा झापाको दमकमा रहेको पाथीभरा होटलका संचालक तथा होटल व्यवसायी संघ माई पश्चिमका अध्यक्ष राजन दंगालले पनि होटल व्यवसायी हतोत्साही भएको भन्दै आँफूहरु मारमा परेको बताउनु भयो । वहाँले भन्नु भयो, यातायात नखुल्दा सम्म होटल चल्ने अबस्था छैन् । सरकारले पनि होटल संचालन गर्न दिएका छैन् । रोगले के गर्छ भन्ने आम मानिसमा त्रास भएकाले पनि होटलमा मानिसहरु आउने अबस्था पनि नभएको वहाँले बताउनु भयो ।

दंगालले सार्वजनिक यातायात संचालन नभए सम्म होटल नचल्ने भएकाले स्थानिय सरकारलाई यातायात संचालन गर्न माग गर्दै पत्र बुझाइएको पनि बताउनु भयो । काठमाण्डौं,पोखरा,झापा,मोरंगलगायत देशका नाम चलेका विभिन्न स्थानमा होटल संचालन गर्दै आउनु भएका संगम स्वीट्सका संचालक मध्येका एक विमल शर्माले पनि यातायात नचलेकै कारण होटल व्यवसाय संकटमा परेको बताउनु भयो ।

वहाँले लकडाउनको यो अवस्थामा संसारकै व्यपार व्यवसाय ध्वस्त भएको भन्दै सहज अवस्था भैसकेपछि मात्र बैंकले पैसा लिने वातावराण सरकारले बनाइदिनु पर्ने उल्लेख गर्नु भयो । वहाँले सरकारले बोर्डर शील गरेर यातायात संचालन गरे होटल संचालन गर्दा हुन्छ भन्दै या के गर्दा सहज हुन्छ सो गर्नु पर्ने धारणा राख्नु भयो ।

त्यस्तै मोरंगको उर्लाबारीमा रहेको होटल सम्राटका संचालक कमल श्रेष्ठले पनि होटल व्यवसायी मारमा परेको बताउनु भयो । वहाँले भन्नु भयो यहि अषाढ १ गतेदेखि होम डेलिभरी गर्दै आएका छौ । तरपनि जनवीवनमा त्रास हट्न नसकेकाले सहज छैन् । वहाँले होटल चल्न जनजीवनमा त्रास हट्नु पर्ने पनि वताउनु भयो ।

त्यस्तै वहाँले सरकारले पानी वत्तीमा छुट गरेको भएपनि त्यो आँफुले पाएको महशुस गर्न नसकेको प्रतिक्रिया दिनु भयो । संचालक श्रेष्ठले होम डेलिभरी गर्दा सुरक्षाका उपाय अपनाएर नै संचालन गर्दै आएको र सामान दिंदापनि सेनिटाइजर प्रयोग गरेरै दिने गरेको पनि बताउनु भयो । वहाँले होम डेलिभरी गर्दै आएपनि अहिले सम्मको अबस्थाले जनजीवन सामान्य नभई होटल संचालन हुन नसक्ने महशुस गरेको पनि बताउनु भयो ।

लामो समय सम्म यातायात, होटल तथा अन्य व्यापार व्यवसाय संचालन गर्नतर्फ सरकारले बेलैमा ध्यान नदिए देशको अर्थतन्त्रमा ठूलो धक्का लाग्न सक्छ । तसर्थ सरकारले विदेशबाट आउने नेपालीहरुलाई सुरक्षीत स्थानमा राखी र तीनको उच्च निगरानी गर्दै सुरक्षाका उपाय अपनाउँदै जनवीवन सहज बनाउने तर्फ केहि सोच्ने की ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय