विर्तामोड। झापाको चारआलीमा शिव सेना नेपालले राँके जुलुस निकालेको छ । जिल्ला अध्यक्ष बद्री महतको संयोजकत्वमा निकालिएको राँके जुलुसमा राष्ट्रवादी युवा संघ झापाको पनि सहभागिता रहेको थियो ।

शिव सेनाको आयोजनामा साँझ ७ बजे निकालिएको जुलुसमा एमसीसी खारेज गर, राजा आउ देश बचाउ जस्ता नारा लगाइएको थियो । सो क्रममा प्रहरीले राँको खोस्न खोजेपनि असफल भएको थियो । एमसीसी राष्ट्र हित विपरीत भएको भन्दै शिव सेना नेपालले पछिल्लो क्रममा पुर्वका विभिन्न जिल्लामा राँके जुलुस निकालेर एमसीसीका विरुद्ध चर्को नारावाजी गर्दै आएको छ ।

त्यस्तै उसले आफ्ना सबै कार्यक्रममा राजा आउ देश बचाउनको नारा पनि लगाउँदै आएको छ । एमसीसी कुनैपनि हालतमा स्विकार्य नहुने शिव सेना नेपालका सुरज कँडेलले सवाल नेपाललाई प्रतिक्रिया दिनुभयो । जुलुसमा झण्डै सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय