पोखरा। गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, प्रदेश क्षयरोग केन्द्र पोखरा र काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा स्याङ्जाका १० जना, तनहुँका १० जना, बागलुङका १४ जना, पर्वतका १३ जना र गोरखाका ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या ९ सय ४९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना जितेर १६ जना घर फर्किएका छन् । योसँगै प्रदेशभर निको हुनेको संख्या २ सय १४ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



