चीनको एक माध्यमिक विद्यालयमा एक विद्यार्थीले आफूभन्दा साना विद्यार्थीसँग झगडा गरेपछि चार तल्लामाथिको बाल्कोनीबाट धकेलेका छन् । उनलाई ज्यान मार्ने उद्योगको मुद्दामा पुर्पक्ष गरिएको छ ।

घटना हुँदा ती आरोपित १५ वर्ष उमेरका थिए । उनलाई १० वर्षसम्मको कारावास सजाय हुन सक्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पीडित चार तल्लामाथिबाट भुइँमा लड्दा गम्भीर चोटपटक लागेको छ । उनी जिन्दगीभरि अपांग हुन सक्ने उनका पिताले बताए । घटना गत सेप्टेम्बर महिनामा भएको हो । हुआङ नामक पीडक र वेई नामक पीडित चीनको क्वाङ्सी प्रान्तको आन्याङ माध्यमिक विद्यालयमा अध्ययन गर्छन् ।

नौ कक्षामा पढ्ने हुआङले वेईलाई घाँटी र तिघ्रामा समातेर धकेलिदिएका थिए । उनले रेलिङमा उचालेर वेईलाई धकेलिदिँदा अन्य विद्यार्थीहरू स्तब्ध बनेका थिए । वेई चार तल्लामाथिबाट रनिङ ट्य्राकमा खसेका थिए । उनलाई तत्कालै अस्पताल लगेर आकस्मिक उपचार गराइएको थियो । पछि उनलाई क्वाङ्सीको पिपुल्स हस्पिटल सारिएको थियो ।

https://video.dailymail.co.uk/preview/mol/2020/06/29/824980653814429065/636x382_MP4_824980653814429065.mp4