प्युठान । सरुमारानी गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा २ जनाकोे मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मोतीपुरमा ना ७ ख ८९३८ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।
नौबहिनी गाउँपालिका वडा नम्बर ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेकाे ट्रिपर सडकबाट खसेको हो । दुर्घटनामा ट्रिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुन मृत्युकाे भएको छ ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो । प्रहरी निरीक्षक पौडेलका अनुसार ट्रिपर सडकबाट करिब ६ सय मिटर तल माडी खोलामा खसेको छ । जनता समाचार बाट










