भोलि ५ जुलाई गुरु पूर्णिमाको दिन वर्षकै तेस्रो चन्द्र ग्रहण लाग्दैछ। यो उपछाया चन्द्र ग्रहण हुने भएकोले चन्द्रमाको आकारमा भने कुनै असर पर्दैन। यसको मतलव चन्द्रमा अरुबेलाको जस्तै सामान्य आकारको देखिनेछ। तर चन्द्र ग्रहणको राशिमा प्रभाव भने पर्नेछ , जसको कारण हाम्रो जीवनमा सकारात्मक वा नकारात्मक असर पर्छ। भोलि लाग्ने चन्द्र ग्रहणको कारण ५ राशिका व्यक्तिहरुमा नकारात्मक प्रभाव पर्दैछ। त्यसैले उनीहरु निकै सतर्क हुन जरूरी छ।

मिथुन राशि

मिथुन राशिमा चन्द्र ग्रहणको सबैभन्दा बढि प्रभाव पर्नेछ। यो समयमा कुनै पनि प्रकारको वाद-विवादबाट टाडा नै रहनुपर्छ। स्वास्थमा पनि सामस्या आउन सक्ने हुँदा सतर्क रहनुहोला। खासगरि आँखाको समस्या देखा पर्न सक्छ। त्यस्तै कुनै पनि प्रकारको सामस्याले सताउन सक्छ। खर्च पनि निकै बढ्ने देखिन्छ।

सिंह राशि

चन्द्र ग्रहणले सिंह राशिका व्यक्तिमा पनि नकारात्मक प्रभाव पर्नेछ। बेकारको झगडामा फस्न सकिन्छ , ध्यान पुर्याउन जरूरी छ। भूमि र वहान खरिद बिक्रि पनि नगरेकै राम्रो हुनेछ। त्यस्तै पैसाको कारोबार गर्दा पनि हानि हुनसक्छ। व्यापार व्यवसायमा पनि घाटा हुनसक्छ , सतर्क रहनुहोला। भविष्यको अथवा कुनै पनि महत्वपूर्ण निर्णय यो समयमा नगरेकै राम्रो हुन्छ।

कन्या राशि

चन्द्र ग्रहणले यस राशिसमा अशुभ प्रभाव पार्नेछ । यस समयमा कुनै पनि प्रकारको संक्रमणबाट जोगिनु पर्छ। साथै, परिवार र पैसाको सम्बन्धमा सावधान हुनु जरूरी छ। यस समयमा, जहाँसुकै लगानी गर्नु राम्रो हुँदैन। घरेलु विवादबाट पनि बच्नु पर्ने अवस्था छ।

वृश्चिक राशि

वृश्चिक राशिमा चन्द्र ग्रहणले गहिरो प्रभाव छोड्नेछ। जीवनसाथीसँग मतभेद हुन सक्छ। बुबाको स्वास्थ्यको पूर्ण ध्यान राख्नुहोला र ऋण जतिसक्दो चाँडो फिर्ता गर्नुहोस्। सम्मान अभावका कारण विवादहरू बढ्न सक्छ। पावारिक कलह बढ्ने देखिन्छ। दैनिक कार्यहरूमा अवरोध हुन सक्छ, जसले मानसिक तनाव निम्त्याउन सक्छ।

धनु राशि

ग्रहणको सबैभन्दा बढी प्रभाव मिथुन राशिको पछि धनुमा देखिनेछ। यो ग्रहणले तपाईलाई मानसिक तनाव ल्याउनेछ। यस समयमा पैसाको मामलामा ध्यान दिनुपर्नेछ, जसको कारण दैनिक खर्चमा समस्या पर्न सक्छ। साना भाइबहिनीहरूसँग झगडा हुन सक्छ र चोटपटक लाग्ने सम्भावना पनि रहेको छ। सन्तानबाट समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय