काठमाण्डु महानगरपालिकाको मतगणनाका क्रममा तेश्रो स्थानमा रहेकी विवेकशील नेपाली दलबाट मेयर पदकी उम्मेदवार रञ्जु दर्शनाले आफू मेयरमा निर्वाचित हुने दाबी गरेकी छन् । काठमाण्डु महानगरपालिकाको मतगणना स्थल राष्ट्रिय सभा गृहमा भेटिएकी उनले अपेक्षा गरे अनुसार मत प्राप्त भइरहेको भन्दै आफू पहिलो स्थानमा पुग्ने विश्वास रहेको बताइन् । ढिलो मतगणनाबाट आफू दिक्क भएको बताउदैँ अन्तिम नतिजाको पर्खाइमा रहेको उनले बताइन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ४ हजार ३ मत प्राप्त गरेकी छिन् । दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ६ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् । यस्तै पहिलो स्थानमा रहेका एमालेका बिद्यासुन्दर शाक्यले १० हजार ४ सय १७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah