काठमाडौँ । आज असार २५ गते (बिहीबार) सुनको भाउ ह्वात्तै बढेको छ । बुधबार तोलामा ६ सय रुपैयाँ बढेको सुन आज तोलामा ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय तथा तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन ९१ हजार ५ सय तथा तेजावी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउ सँगै चाँदीको भाउ पनि बढेको छ । बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँ बढेर प्रतितोला ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।




