नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे भाउ बढाएकाे छ। नेपाल विद्यार्थी संघले यसअघिकाे मूल्यवृद्धि समेत खारेजीको माग गरिरहेका बेला आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी भाउ बढाएको छ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्यवृद्धि भएको हो। निगमले भाउ बढाएर पेट्रोल, डिजेल र मट्टीतेलकाे प्रतिलिटर क्रमश: १ सय २ र ८८/८८ रुपैयाँ कायम भएकाे छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड