पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल डिजल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इन्डियन आयल कर्पोरेशनबाट आएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर ३.६५, डिजलमा प्रतिलिटर ३.८२, मट्टितेलमा प्रतिलिटर १४.२५, हवाई इन्धनमा प्रतिलिटर ३.०३ र एलपी ग्यासमा प्रतिसिलिण्डर ६.६६ रुपैयाँ वृद्धि भएर आएको हो ।

आज रातिबाट लागू हुनेगरी पेट्रोल तथा डिजेल मट्टीतेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रूपैयाँ वृद्धि गरिएको उनले जानकारी दिए ।

मूल्य समायोजन भएसँगै काठमाडौं उपत्यकालागि पेट्रोलको मूल्य १०२ रुपैयाँ कामयम भएको छ भने डिजेल र मट्टितेलको मूल्य ८८ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय