भरतपुरमा नेकपा एमालेका उम्मेदवार देबीप्रसाद ज्ञवाली प्रारम्भिक मत परिणाममा अघि देखिएपछि यहाँ लफडा भएको छ । एकाएक आश्चर्यजनक रुपमा प्रधानन्त्री प्रचण्डपुत्री रेणु दाहाल झिनो मतले केहि समय अघि आएपछि उत्साहित भएका माओबादीहरु पुन ज्ञवालीको पक्षमा मत आउने थालेपछि निर्वाचनमा खटिएका कर्मचारीहरुप्रति खनिएका थिए । नाराबाजि र मत गणनास्थल छाड्ने धम्कि समेत दिएपछि पुन मतगणना हुने अवस्था आएको बताइन्छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ को पुनः मतगण्ना हुने भएको छ । मतगणनामा खटिएका कर्मचारीले आफ्नो मत कम लेखेको भन्दै माओवादी केन्द्रले पुनः मतगणना माग गरेको हो । ‘टाईप मिस्टेक गरी रेणु दाहालको मत कम देखाइएको हुँदा फेरि मतगण्ना हुन लागेको हो’, मतगणनामा बसेका माओवादी केन्द्रनिकट विद्यार्थी स.गठन अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारीले भने, ‘ ५/६ सय मतले त्यहाँ हामी लिड गर्छौं ।’ उनले एमाले समर्थित कर्मचारीले नियतबस रेकर्डमा कम भोट दर्ज गराएको आरोप लगाए ।



