दमक। झापामा निर्माण गरिदै आएको पीसीआर परीक्षण ल्याबका लागि झापाको दमकबाट एकैदिन ६ लाख ५१ हजार ९५ रुपैयाँ सहयोग गरिएको छ । आइतबार दमकमा आयोजना गरिएको पिसीआर ल्याबका लागि रकम हस्तान्तरण कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो ।

झापा जिल्ला सहकारी संघको आयोजनामा गरिएको सो कार्यक्रममा एकका लागि एक अभियानका लागि सो रकम हस्तान्तरण गरिएको हो । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा एकका लागि एक अभियानका सह संयोजक विनोद बस्नेतले सरकारले गर्न नसकेको काम आँफूहरुले गरेको भन्दै अभियानमा सहयोग गर्न अनुरोध गर्नु भएको थियो ।

वहाँले कोरोना महामारीका कारण दैनिक ज्यालादारी गर्ने कोहि झापाली मर्न दिदैनौ भनेर शुरु गरिएको अभियान देश विदेशमा रहनु भएका झापालीहरुकै कारण ल्याब निर्माण सम्म आइपुगेको बताउनु भयो । त्यस्तै बस्नेतले यस अभियानलाइ विभिन्न पालिका र प्रदेश सरकारले पनि सहयोग गरेको उल्लेख गर्नु भयो ।

वहाँले यस अभियानमा सहकारी सस्थाहरुले पनि ठूलो सहयोग गरेको भन्दै अहिले सम्म एक करोड १५ लाख उठिसकेको बताउनु भयो । सह संयोजक बस्नेतले आँफूहरुले एक करोड २५ लाख लागतमा पिसीआर ल्याब संचालन गर्ने बताएको भएपनि अहिले लागत बढ्न सक्ने भन्दै यसका लागि अन्तराष्ट्रिय झापाली समाजले पनि २५ लाख सहयोग गर्ने बताएको उल्लेख गर्नु भयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा दमकको सूर्यदर्शन सहकारी संस्थाले एक लाख एक हजार रुपैयाँ, मेची सहकारीले एक लाख २ हजार २ सय २२ रुपैयाँ, नवोदय बहुउदेश्य सहकारीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, पूर्व नेपाल सहकारीले एक लाख २ हजार रुपैयाँ, दर्पण बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार ५ सय रुपैयाँ, डाँफै बचत तथा ऋण सहकारीले ५१ हजार रुपैयाँ प्रदान गरेका थिए ।

त्यस्तै हिमालचन बचत तथा सहकारी संस्था, नवदुर्गा सहकारी र दमक बहुमुखी सहकारीले समान २५ हजार रुपैयाँ सहयोग गरेका थिए भने सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले २५ हजार ५१ रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै अभियानका लागि दमकका समाजसेवी नन्दी अधिकारीले २१ हजार २ सय २२ रुपैयाँ र डाँफैका उपाध्यक्ष संतोष श्रेष्ठले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा विर्तामोड उवासंघका अध्यक्ष तथा एकका लागि एकका अभियन्ता कुमार भट्टराई, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटा, एकका लागि एकका अभियन्ता शिव कँडेल, पाथिभरा एफ.एमका प्रबन्ध निर्देशक राजेन्द्र चौलागाई, झापा जिल्ला सहकारी संघका प्रेम कोइराला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवरले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय