काठमाडौं- सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ। आइतबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार २ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य आइतबारका लागि ९१ हजार ६ सय ६० रुपैयाँ तोकिएकोमा सोमबार ९१ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भएकोमा सोमबार १० रुपैयाँले बढेर ९ सय ९० रुपैयाँ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय