असार-३० गते । झापामा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ ।

भद्रपुर-३ बस्ने-३३ बर्षीय हिरण राई शनिवार अपरान्ह साढे ४ बजे घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको खोजी गर्ने क्रममा आज दिउसो साढे १ बजे कचनकबल गाउँपालिका- ५ बागाडागी स्थित मेची खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।