दोश्रो चरणको निर्वाचन नजिकिदै जाँदा उम्मेदावर बन्नका लागि राजनीतिक दलहरुभित्र रस्साकस्सि शुरु भएको छ । दमकमा अघिल्लो स्थानीय निकायको निर्वाचनमा जित हासिल गरेको राप्रपाले दमक वडा नंं ७ साविक १२ मा वडाध्यक्ष सहित सदस्यहरु चुन्न नसक्दा आन्तरिक रुपमा कलह निम्तेको छ । अन्य सबै वडामा सर्वसम्मत रुपमा वडाध्यक्ष चयन गरेर घोषणा गरिसके पनि यो वाडमा भने नगर्दा भाडभैलो हुने अवस्था आएको बताईएको छ ।
एकपटक वडाध्यक्ष बनिसकेका भीम पौड्याल र चन्द्र थापाको प्रमुख दाबेदारी रहेपछि मेयरका उम्मेदवार राम थापालाइ मिलाउन मुश्किल भएका जिल्ला पठाउने निर्णय भएको श्रोतको भनाइ रहेको छ । जिल्ला पठाउने नाममा भने थापाको नाम छैन । पौड्याल र रीतु चाम्लिङको नाम रहेको छ । थापा पार्टीको जिम्मेवारी छाडेर स्वतन्त्र उम्मेदवारी भएपनि उठ्ने मुडमा रहेको श्रोतले बतायो । यसभन्दा अघि युवा नेता बिक्रम सुब्बाले पनि दाबी गर्दै आएका थिए ।
सदस्यहरुमा पनि यो वडामा धेरै आकाक्षि देखिएकाछन् । महिला सदस्यमा सीतादेबी कुमाल, बिजयशर्मा लिम्बु र कमल बस्नेतको नाम रहेको छ । यसैगरि खुला सदस्यमा ब्रिजबिहारी शाह, अशोक बस्नेत, देबेन्द्र बुढाथोकी, कृष्ण श्रेष्ठ र रेवत पौड्यालको नाम सिफारीस भएको बताइन्छ । यि मध्ये एक हुनेछन् । दलित सदस्य भने सर्वसम्मत रुप्मा लक्ष्मि बिश्वकर्मा लामिछाने सिफारीस भएकीछन् ।



