विभिन्न मुलुकमा अलपत्र १२ सय नेपाली स्वदेश फर्किएका छन्।

कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन्।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार आइतबार तीन देशबाट एक हजार दुई सय २९ नेपाली स्वदेश फर्किएका हुन्।

जसमा युएई, कतार र मलेसिया रहेका छन्।

यसैगरी, आइतबार चार जनाको शव पनि नेपाल ल्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय