इटहरी। बसमा लुटपाट गर्ने ४ जनाको समुहलाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । श्रावण ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका–८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७ हजार ६०० रुपौयाँ चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक जिल्ला रोसी गाउँपालिका–३ का ३६ बर्षीय जित बहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका–५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका–८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ र तिमाल गाउँपालिका–२ का २६ बर्षीय कमल लामा रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो समुहले ईटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको भनी घटनाको जानकारी पाए लगत्तै तत्काल खटिएको ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले फरार भएका मध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो भने अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा सोमवार दिउँसो तरहराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट नगद १२ हजार ९०० बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको यो समुह चोरी गर्नकै लागी काठमाण्डौबाट श्रावण ८ गते पुर्वतर्फ आएको र धरानको एक होटलमा बस्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

निजहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको तथा सोही घटनामा अन्य दुई जनाको संग्लग्नता रहेको खुल्न आएकोले उनीहरुको समेत खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय इटहरीलेले जनाएको छ ।