सुनसरी। सुनसरीको बराहनगरपालिका–४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो पौने ३ बजेको समयमा रामधुनी नगरपालिका–६ मा रहेको शंकर बेलि तालमा जाल हानी माछा मार्ने क्रममा अचानक सोही तालमा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछा मर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटन स्थल गएको थियो । घटनाका सम्बन्धमा प्रहरीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी वी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।