काठमाडौं : काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्

काठमाडौंका ४८ जना र ललितपुरका ४ जना र भक्तपुरका १ गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार मात्रै काठमाडौंका ३ र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै मंगलबार थप ३११ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १९ हजार ०६३ पुगेको हो ।सोमबार मात्रै १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

मंगलबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ५ जहार १सय २९ पुगेको छ। जसमध्ये प्रदेश १ मा २१७ जना, प्रदेश २ मा १ हजार ९ सय २२ जना , बागमती
प्रदेशमा ४६१ जना, गण्डकी प्रदेशमा २६० जना , प्रदेश ५ मा ३९९ जना, कर्णाली प्रदेशमा ३७९ जना र सुदूरपश्चिम प्रदेशमा १हजार ५०१ जना रहेका
छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ। ।क्वारेन्टाइनमा रहनेको संख्या १५ हजर ३३१ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार १ सय २९ जनाको उपचार भइराखेको छ । अन्नपूर्ण पोस्ट बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah