वीरगञ्ज । वीरगञ्जमा ३ जना डाक्टर सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकामा १५ महिला र ३८ पुरुष रहेका छन् ।

नारायणी अस्पतालले बुधवार राति ५३ जनामा कोराना संक्रमण पुष्टि भएको जनाएको छ । नारायणी अस्पतालका अनुसार संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ६० वर्ष उमेर समूहका छन् । यस्तै, नारायणी अस्पतालका एम्बुलेन्स चालक समेत संक्रमित छन् ।

यस्तै चण्डिप्रसाद गणका एक मेजरको कन्ट्याक्ट ट्रेसिङमा परेका १० जना समेत संक्रमित भएका छन् । अन्य संक्रमित पनि यसअघि संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्य भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय