मेरिकी शहर न्युयोर्कको व्यस्त सडकमा एउटी मोडल टपलेस भएर हिँडिन् । यसरी दिनदहाडै छाती खुल्ला पारेर किन हिँडेको ? भनी अरूहरूले सोध्दा उनले भनिन्, ‘लैंगिक समानताका लागि ।’ महिला अधिकारका पक्षमा यस खालको गतिविधि गर्ने मोडल हुन्, २३ वर्षीया इमली ब्लुम । ‘फ्री द निप्पल’ नामक अभियानलाई टेवा पुग्ने गरी उनले त्यसरी स्तन देखाएर सडकमा आफूलाई उतारेकी थिइन् । यस अभियानले नारी र पुरुषलाई समान अधिकार र स्वतन्त्रता दिनुपर्छ भन्ने माग राख्दै आएको छ । ‘स्तन पूरै देखाएर न्युयोर्कको सडकमा हिँड्ने, पिज्जा पसलमा गएर पिज्जा अर्डर गरी खाने र सडकमा कुद्नेसम्मका काम उनले गरिन् । उनको यस्तो गतिविधि देखेर बटुवा र गाडी चालकहरू चकित थिए,’ समाचारमा भनिएको छ । नग्न महिलाहरूको तस्बिर खिच्नमा विशेषज्ञता हासिल गरेका नर्वेका फोटोग्राफर पिटर हेग्रेले ती मोडललाई पछ्याउँदै उनका गतिविधि क्यामरामा कैद गरेका थिए ।
सडकमै ‘टपलेस’
सवाल नेपालसंवाददाताआइतबार, १५ असोज २०७३

सडकमै ‘टपलेस’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



