कोरोनाको जोखिममा हुँदाहुँदै पनि बजार पुनः संचालनमा आएसँगै सडकमा भीडभाड बढेको थियो । सार्वजनिक सवारीसाधन पनि चल्यो तर जोखिम उच्च हुँदै जाँदा पुनः लकडाउनको तरखरमा सरकार लागिपरिरहेको छ । पुनः लकडाउन हुने अवस्थामा सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा मात्र संचालनमा आउँदा तपाईंलाई आफ्नै सवारी भए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक नै हो । जोखिममा सामाजिक दूरी पनि कायम हुने र सुरक्षित रूपमा अहोरदोहोर गर्न पनि पाइने हुँदा यो समयमा आफ्नै सवारी हुनु आवश्यक हुन्छ ।

यसैलाई मध्यनजर गर्दै अहिले शाेरुमदेखि बैंकसम्मले सवारी खरिदमा विशेष योजनाहरू सार्वजनिक गरिरहेका छन् । शाेरुमले शून्य रुपैयाँमा नै सवारी किन्न सक्ने व्यवस्था गरेको छ, भने बैंक तथा वित्तीय संस्थाहरूले अटोलोनको ब्याजसमेत घटाएका छन् ।

यी हुन् सस्तोमा ऋण दिने बैंकहरू:

वाणिज्य बैंक

वाणिज्य बैंकहरूमध्ये सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले सवारी किन्ने ग्राहकहरूका लागि पनि अरु बैंकहरूको तुलनामा सस्तो ब्याज लिँदै आएको छ । वाणिज्य बैंकले गाडी कर्जा र विद्युतीय गाडी कर्जा भनेर दुई प्रकारमा अटो कर्जालाई विभाजन गरेको छ । ग्राहकले वाणिज्य बैंकबाट ऋण लिएर गाडी वा मोटरसाइकल खरिद गर्न चाहन्छन् भने ८.२५ प्रतिशत ब्याजमा नै लिन सक्नेछन् ।

त्यस्तै, सरकारको विद्युतीय गाडी प्रवर्द्धन गर्ने उद्देश्यलाई सघाउ पुर्‍याउन बैंकले विद्युतीय गाडी किन्ने ग्राहकहरूका लागि विशेष ब्याजको व्यवस्था गरेको छ । पेट्रोलबाट चल्ने सवारीको तुलनामा सस्तो ब्याजमा विद्युतीय सवारी किन्न सक्नेछन् । विद्युतीय सवारीका लागि बैंकले १.५ प्रिमियम र ६ प्रतिशत आधार दर गरि कुल ७.५ प्रतिशतमै ऋण दिँदै आएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्टाण्डर्ड चार्टर्ड बैंकले मात्र ७.५९ प्रतिशत ब्याजदरमा अटो लोन दिइरहेको छ । ६ वर्षका अवधिका लागि दिने सवारी कर्जामा बैंकले कर्जा माग गरेको २४ घण्टाभित्रमा कर्जा दिने व्यवस्थासमेत गरेको छ । विदेशी ब्राण्डको सो बैंकले वाणिज्यपछि सबैभन्दा थोरै ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँदै आएको छ । ६ वर्षसम्मका लागि १ लाख देखि १ करोड रुपैयाँसम्मको ऋण सस्तो ब्याजदरमै ऋणीले लान सक्नेछन् ।

एनआईसी एशिया बैंक

सस्तो ब्याजमा सावारी कर्जा दिँदै आएका बैंकहरूमध्ये तेस्रो स्थानमा पर्छ एनआईसी एशिया बैंक । यस बैंकले गाडी तथा मोटरसाइकल, स्कुटर किन्नका लागि सवारी कर्जामा ८.२५ प्रतिशत मात्रै ब्याज लिँदै आएको छ । कर्जा माग गरेको ४८ घण्टामा पैसा ऋणीको हातमा पर्ने गरी बैंकले चमत्कारिक कर्जाको रूपमा अटोकर्जा पनि दिने भएको हो । ब्याजदरमा सर्वाधिक सस्तो रहँदै आएको वाणिज्य बैंककै हाराहारीमा एनआईसी एशियाले पनि अटोलोन दिँदै आएको छ । बैंकले ब्याजदर १ वर्षसम्म परिवर्तन नहुने र दोस्रो वर्षबाट भने आधारदर अनुसार ब्याजदर निर्धारण हुने जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि १०.५५ प्रतिशत ब्याजदरमा ऋण दिँदै आएको छ । बैंकले आउँदै गरेको दशैँ तिहारलाई लक्षित गर्दै चाडपर्व लोनअन्तर्गत सवारी कर्जाको ब्याज १०.५५ प्रतिशतमा पुर्‍याएको हो । बैंकले चाडपर्व कर्जामा पाँच प्रकारका कर्जा दिने जनाएको छ । जसमा सवारीकर्जाको ब्याजदर अन्यको तुलनामा बढी छ ।

एनएमबी बैंक

ग्राहकहरूले ३ प्रतिशतमा प्रिमियम र आधारदर ८.९५ गरी कुल ११.९५ प्रतिशतमा ब्याज लिएर सवारीसाधन किन्न सक्नेछन् । २ वर्षका लागि किन्दा ग्राहकलाई सहज, छिटो र छरितो रूपमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah