कमल/ झापाको कमल गाउँपालिका–५ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्थानीय ६२ बर्षीय रोहित रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान २ बजेतिर जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको छाप्रोमा समेत क्षति पुर्याएको र निज भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । स्थानीयका अनुसार करिब ३ बजेतिर उनको मृत्यु भएको हो ।
उनीसँगै श्रीमती निर्मला रेग्मी र ६ बर्षीय नाती बस्दै आएका थिए । श्रीमती र नाती अर्कैतिर भागेका कारण बच्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।










