भारतका बैंक लुट्नका लागि इलेक्ट्रिक कटर लिएर सेफ काट्न गएका एक मानिस भूलवश आफ्नै घाँटी काट्न पुगेपछि रगतको आहालमा मृत भेटिएका छन् ।

नाम नखुलाइएका ती व्यक्तिले बडोदरामा उज्जीवन लघुवित्त बैंकमा प्रवेश गरेर सेफ काट्ने कोशिश गरेका थिए । उनले आइतवार बिहान पौने १ बजे बैंकमा पसेर सेफ्टी भल्ट काट्न खोजेको थिए ।

उनले भल्ट काटेर त्यहाँ भएको नगद लिनुअघि नै झुक्किएर कटर अन गरेको र आफ्नो घाँटी काटेको प्रहरीको भनाइ छ ।

ऊ अँध्यारोमा लडेको अनि मशिन अन हुने गरी वायर तानेको प्रहरीको विश्वास छ ।

चेन्नईमा रहेको उक्त बैंकको सुरक्षा टोलीले ती व्यक्तिलाई सीसीटीभीमा देखेको र ब्रान्च म्यानेजर प्रशान्त शर्मालाई खबर गरेको बताइएको छ ।

शर्मा बैंक पुग्दा चोर्न आएको व्यक्ति रगतको आहालमा डुबेको अवस्थामा भेटिए । त्यसपछि उनले प्रहरीलाई खबर गरे । अधिकारीहरूले मृतकको परिवारलाई पहिचानका लागि बोलाएपछि नाम सार्वजनिक गर्ने बताएका छन् ।

भवितव्य मृत्युको भनी यसलाई अभिलेखीकरण गरिएको छ । प्रहरीले चोरीको प्रयास कसूरका रूपमा पनि यस घटनालाई अपराध दर्ता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah