नेकपा माओवादी केन्द्र ललितपुर महानगरपालिका वडा नम्बर २२ मा विजयी भएको छ । माओवादी केन्द्रका अमिरराज शाक्य १२७२ मतका साथ बडा अध्यक्षमा विजयी भएका हुन् । यस्तै एमालेका प्रेमभक्त महर्जन १२७० मत ल्याएर विजयी भए । २ मत कम ल्याएपछि महर्जनले पुन मतगणना हुनुपर्ने माग राख्दै जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएको बताइएको छ ।



