उर्लाबारी। मोरङ्गको उर्लाबारीमा रहेको एक सरकारी विद्यालयमा कार्यरत ५ शिक्षक र एक कर्मचारीले विगत दश महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । गत बर्षको कार्तिकदेखि यता तलब नपाएको उनीहरुले बताएका छन् । मोरङ्गको उर्लाबारी नगरपालिका वडा नम्बर ९ मा रहेको सार्वजनिक माविका निजी श्रोत तथा करारमा रहेका शिक्षक शिक्षिकाहरुले तलब नपाएका हुन् ।

पटक–पटक तलबको कुरा उठाउँदै आएपनि हप्तादिन पन्ध्रदिन भन्दै आज दश महिना वित्यो भन्दै एक शिक्षकले नाम नखुलाउने शर्तमा भने, विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङ्गबुहाङ्गले प्रद्यानाध्यापकले राजिनामा दिएको २४ घण्टामै समस्याको समाधान हुने भन्दै प्रअको राजिनामा अनिवार्य भनेको तर प्रअ टंक प्रसाद दुलालले राजिनामा दिएको महिना दिन हुन लाग्दा पनि तलब नपाएको गुनासो गरे । त्यस्तै अर्का शिक्षकले तलब नपाएको गुनासो सहित उर्लाबारी नपाको शिक्षा शाखामा निवेदन दिएपनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

उनले भने, मैले गत जेठमै तलब नपाएको विषय खुलाई निवेदन दिए । अधिकृतले निवेदनमा तोक लगाएको तर त्यसको कुनै सुनुवाई भएन् । त्यस्तै एक शिक्षिकाले भनिन्, प्रअको राजिनामा आउने वित्तिकै तलब पाउनु हुन्छ भनि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भन्नु भएको थियो । अहिले नयाँ प्रअ नियुक्ति भएको पनि महिना दिन हुन लाग्यो तर तलब दिने बहाना मात्र भयो । उनले परीक्षाफल प्रकाशित गर्न शर्त राखेर आगामी असोज भित्र दिने भनिएको बताइन् । तर कति महिनाको दिने के हो प्रष्टसँग लेखिनु पर्छ भनेर माइनटमा लेख्न भन्दा त्यो नलेखिएको गुनासो समेत गरिन् । यस विषयमा विद्यालयका निर्वतमान प्रद्यानाध्यापक टंक प्रसाद दुलालसँग कुरा गर्दा गत मंसीरदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग दुरी बढेको र तलब खुवाउन नसकिएको जिकिर गरे ।

उनले भने विद्यालयमा पैसा थिएन् । मंसीरमा पुराण लगाएको पैसा व्यवस्थापन समितिको अध्यक्षसँग नै थियो । त्यहि पैसा भएपनि शिक्षकहरुलाई दिएर तलब खुवाउन भन्दा वहाँसँगको दुरी बढ्दै गयो । र पछि मेरो राजिनामा माग गरियो । मलाई राजिनामा दिन बाध्य बनाइयो । मैले मेरो राजिनामा पछि शिक्षकहरुले तलब पाउनु हुन्छ भने म किन पद ओगटेर बस्ने भन्ने सोचेर राजिनामा दिएँ । तर अहिले पनि तलब दिइएको छैनन् । उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङ्गबुहाङ्गले भने कक्षा एघार र बाह्र सञ्चालन गर्न भनि पुराण लगाएकाले त्यो पैसा आँफुले नदिएको जिकीर गरेका छन् । उनले अहिले शिक्षकहरुलाई आगामी असोज सम्ममा तलब दिने भनेर सहमति नै भइसकेको भन्दै केहिदिन मै तलब दिइने दाबी समेत गरेका छन् ।

त्यस्तै शिक्षहरुले दश महिना सम्म पनि तलब पाउनु भएन छ नि ? तपाईको विद्यालयका निजी र करारका शिक्षकहरुले भनि प्रअलाई सोध्दा विद्यालयका प्रअ अर्जुन कुमार संग्रौलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षका कारण समस्या भएको बताए । उनले भने गत मंसीरमा लगाइएको पुरानबाट उठेको ९ लाख रकम अहिले सम्म अध्यक्षले चलाएको र सो रकम अध्यक्षले नदिएका कारण नै तलब खुवाउन समस्या भएको जिकिर गरेका छन् । उनले विद्यालयको तलब खुवाउने पैसा नभएकोले सो पैसा दिए तलब खुवाउन समस्या नहुने बताए । उनले सो पैसा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आँफूखुसी चलाएको तर तलब खुवाउन नसोचेको बताए । प्रअ संग्रौलाले विद्यालयको व्यवस्थापन समितिका अध्यक्षकै कारण विद्यालको बद्नाम हुन थालेको आरोप समेत लगाएका छन् । उनले शिक्षकहरुलाई तलब खुवाउनु पर्ने र यो असोज सम्म तलब उपलब्ध गराउने प्रष्ट पारेका छन् । उनले अध्यक्ष आङ्गबुहाङ्गले पुराणको पैसा नदिएकै कारण समस्या भएको पनि बताएका छन् । यद्यपि अध्यक्ष आङ्गबुहाङ्गले भने पुराणको पैसा तलब खुवाउन दिन नसक्ने बताएका छन् ।

 

प्रअ संग्रौलाले भने केबीआई फाउण्डेशनको ३ लाख पनि कोषमा जम्मा नभएको र यतिका महिना सम्मपनि व्यवस्थापन समितिका अध्यक्षले पुराणको ९ लाख आँफै चलाएको भन्दै सो रकमबाट पनि तलब खुवाउन सकिने थियो तर अध्यक्षले उपलब्ध नगराएकै कारण खुवाउन नसकिएकोे बताए । प्रअ संग्रौलाका अनुसार तलब नपाउने शिक्षक शिक्षिकाहरुलाई असोज ९ गते भित्र तलब दिने सहमति गरेर विद्यालयले केहिदिन अघि परीक्षाफल सार्वजनिक गरेको छ । प्रअ संग्रौलाले विद्यालयको बद्नाम हुनथालेकोले विदेशमा रहेका दाताहरुले सहयोग नगरेको पनि बताए । शिक्षकहरुले लामो समय सम्म तलब नपाउँदा आँफूहरु समस्यामा परेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय