
काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (साउन २९) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५३ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः