झापा जिल्लाको कमलगांउपालिकामा झापाको लोपउन्मुख सन्थाल जातिको भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। भेलामा नेकपा(माओवादी केन्द्र)का सांसद मोहन टुडुले आदिवासीको पहिचान र अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी भएको वताए।
टुडुले भने -” माओवादीले इतिहासको चिहान खोतलेर उत्पिडित आदिवासीको पहिचान र अधिकारलाई सतहमा ल्याएको छ ।’ कार्यक्रममा अखिल(क्रान्तिकारी)का उपाध्यक्ष समेत रहेका कमलगांउपालिकाका चुनावी कमाण्डर रञ्जित तामाङले माओवादी उत्पिडितहरुको एकमात्र पार्टी भएको दावी गरे। कमलगांउपालिकाका माओवादी केन्द्रका तर्फवाट अध्यक्षका उम्मेदवार विमल संग्रौलाले लोपोन्मुख सन्थाल जातिको संरक्षण र विकास आफ्नो पहिलो प्राथमिकता हुने वताए।कार्यक्रममा आदिवासी सन्थाल जातिका विविध सांस्कृतिक नाच तथा झांकीहरु समेत प्रदर्शन गरिएको थियोे ।



