दोश्रो चरणको निर्वाचनमा सेना परिचालनको बाटो खुलेको छ । सुरक्षालाइ मध्यनजर गर्दै सुरक्षा परिषद्ले सेना परिचालन गर्ने निर्णय गरेको थियो । संबिधान अनुसार राष्ट्रपति विद्या भण्डारीले दोस्रो चरणको चुनावमा पनि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएपछि सेना परिचालनको बाटो खुला भएको हो । सोमबार राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा २ बमोजिम चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘व्याकअप फोर्स’का रुपमा परिचालिन हुने नेपाली सेना चुनावी सुरक्षाको तेस्रो घेरामा मात्र बस्नेछ । पहिलो घेरमा नेपाल प्रहरी र जनपद तथा दोस्रो घेरामा सशस्त्र प्रहरी रहन्छन् ।
जेठ ३१ को चुनाव लक्षित गरेर सेना परिचालनको स्वीकृति
सवाल नेपालसंवाददातासोमबार, ७ जेठ २०७४

जेठ ३१ को चुनाव लक्षित गरेर सेना परिचालनको स्वीकृति
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



