कान्तिपुर सेवा केन्द्र दमकले आगामी ७ गतेबाट आफ्नो सेवा शुरु गर्ने भएको छ । बिर्तामोड नगरपालिका वडा नंम्बर ४ अन्नपुर्ण चौक झापामा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथाऋण सहकारी संस्थालिमिटेड र दमक नगरपालिका वडा नम्बर ६ नयाँ सब्जी बजारमा कार्यालय रहेको कान्तिपुर बचत तथाऋण सहकारी संस्था लिमिटेडबीच झण्डै दुई महिना अघि एकीकरण भएको थियो ।

एकीकरण पछि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार गरिने संस्थाका बासुदेव भट्टराईले सवाल नेपाललाइ जानकारी दिनुभयो । उहाँले भन्नु भयो आईतबार देखि हाम्रो नेपाल बचत तथाऋण सहकारी संस्थालिमिटेडको नामबाटएकिकृत कारोबार संचालनगरिने भएपनि दमकमा भने कान्तिपुर सेवा केन्द्रका नामबाट सेवा प्रदान गरिने बताउनुभयो । संस्थाले दुबै संस्थामाआबद्ध सम्पुर्ण शेयर सदस्यहरुमा जानकारीसमेत गराइसकेको उहाँले बताउनु भयो ।

साथै आईतबार देखि एकिकृत संस्था हाम्रो नेपाल बचत तथाऋण सहकारी संस्थालिमिटेडको सम्पुर्ण कारोबार कान्तिपुर सेवाकेन्द्र दमक ६ थानारोडमा रहेको कार्यालय देखि हुने पनि उहाँले बताउनुभयो। साथै संस्थाले साविक कान्तिपुर बचत तथाऋण सहकारी संस्थालिमिटेड सदस्य रहुनुभएका सबै सदस्यहरुलाई आफ्नो ब्यक्तिगत विवरण तथा सबै कारोवारहरुलाई हाम्रो नेपाल बचत तथाऋण सहकारी संस्थालिमिटेडको प्रकृया अनुसार ३५ दिनभित्रमा अद्यावधिक गर्न र साविक कान्तिपुर बचत तथाऋण सहकारी संस्था लिमिटेडका सबै खाताका पासबुकअद्यावधिकगरि हाम्रो नेपाल बचत तथाऋण सहकारी संस्थालिमिटेडको पासबुकबाट कारोबार गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय