काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।