साझा पार्टीबाट झापाको दमक अर्जुन बुढाथोकी मेयरको उम्मेदवार बन्ने भएकाछन्। पार्टीले उनको उम्मेदवारी घोषणा गर्ने लागेको हो । नेपाली काँग्रेसमा लामो समयदेखि राजनीति गरेका बुढाथोकी साझा पार्टीमा गएर उम्मेदवार बन्न लागेको पाईएको हो । २०३७ सालमा जन्मेका उनि २०५० सालदेखि नेपाली काँग्रेसमा सक्रिय रहदै आएका थिए ।
ने.वि.संघ नगर सचिव २०५४ मा, ढुण्डीराज भण्डारी सभापति हुदा, क्षेत्रिय सचिव पे्रम भट्टराई सभापति हुदा २०५६ मा, क्षेत्रिय सभापति, जिल्ला सदस्य, जिल्ला उपसभापति ने.वि.संघ प्रजातान्त्रिक, जिल्ला सभापति ने.वि.संघ प्रजातान्त्रिक २०६२।०६३ मा, २०६२।०९।०४ गते, ने.वि.संघको नेपालगञ्ज माहाधिवेशन प्रतिनिधी, ने.का. पूर्व क्षेत्रिय प्रतिनिधी हुन् ।
विभिन्न विमा कम्पनीमा लगभग ७ बर्ष अधिकृत तहमा रहि काम गरेको, डाफे सहकारी अनुगमन उप समिति संयोजक, पूर्व संचालक, पूर्व कर्मचारी, हंसेदुम्से सामुदायिक बनको पूर्व परिषद सदस्य दुईपटक भइसकेका छन् । काँग्रेसले उनलाइ कुनै भूमिका नदिएपछि बिरक्तिदै आएका थिए । उनि साझा पार्टीबाट अब मेयरको उम्मेदवार बन्ने भएका हुन् ।



