बिष्णुप्रसाद पोखरेल
दमक/माओबादी केन्द्रका नेता नेता तथा दमकका मेयरका उम्मेदवार गगन पुरीले अब पार्टीका ब्यानर झण्डा र नगरबासीको सुरक्षाका लागि वाइसियल परिचालन गर्ने बताएकाछन् । आफूहरुले गणतन्त्रचौकमा राखेका ब्यानर र झण्डाहरु डकैत शैलिमा च्यातिएको बताउदै बाध्य भएर आफूहरु यो निर्णयमा पुगेको बताएकाछन् ।
आफूहरुसंग जनयुद्ध प्रशिक्षित र सबैखाले बन्दुक बनाउन तथा चलाउन जानेका ब्याक्तिहरु रहेको बताउदै कमजोर नठान्न चेतावनी पनि उनले दिएकाछन् । उनले भने—‘हामीलाइ कमजोर नठान्नुहोला हामी अब सहेर बस्दैनौ, जुध्न आए जुध्न तयार छौ ।’
https://www.youtube.com/watch?v=MS7BDkLEW-w&feature=youtu.be
पुरीले पार्टीका झण्डा, ब्यानर र उम्मेदवारको सुरक्षामा वाइसिएल परिचालन हुने दाबी गरे । पार्टीका दमक नगरकमिटी इन्चार्ज श्रीकान्तले झण्डा र ब्यानरको सुरक्षाका लागि पनि बाध्य भएर वाइसियल परिचालन गरेर सुरक्षा गर्नु पर्ने अवस्था आएको बताए । उनले भिडन्त गर्न नभइ सुरक्षाका लागि यो निर्णयमा पुग्नु परेको जनाए ।
निर्वाचन परिचालन समितिका प्रमुख सुरेन्द्र बस्नेतले पार्टीको प्रचारसामाग्रिहरु गुण्डागर्दी र डकैत शैलीमा फ्याकिनु तथा च्यातिनु गम्भिर बिषय भएको बताए । उनले यस्तो जो सुकैले गरेको भएपनि क्षम्य नभएको उल्लेख गरे । निर्वाचन आचारसंहिताको पालना गर्ने बताउदै यसमा निर्वाचन आयोगले आफूहरुलाइ केहि नभनेको उनको भनाइ थियो ।



