पहिलो भ्याक्सिन बनाउन हतार गर्नु रुसका लागि कति महँगो साबित होला ?जब रुसले ११ अगस्टमा कोभिड–१९ को पहिलो भ्याक्सिन बनाएको घोषणा गर्यो र नाम स्पुतनिक राखियो तब त्यस पछाडिको सन्देशलाई नजरअन्दाज गर्न त्यति सजिलो थिएन ।

सन् १९५७ मा सोभियत रुसले स्पुतनिक सेटलाइट लञ्च गरेको थियो र अन्तरिक्षको क्षेत्रमा आफ्नो झण्डा बलियो बनाएको थियो । अब रुसले स्वास्थ्य विज्ञानको क्षेत्रमा पनि यस्तै महारथ हासिल गरिरहेको बताइरहेको छ ।

तर आलोचकले यसमाथि शंका जताइरहेका छन् र यो रुसले भने जत्तिको सजिलो नभएको बताइरहेका छन् । जुन शंकासहित यो भ्याक्सिन घोषणा गरिएको छ, त्यसले अन्तर्राष्ट्रिय स्तरमा चलिरहेको भीषण प्रतिस्पर्धालाई दर्साउँछ । यो प्रतिस्पर्धामा ‘भ्याक्सिन राष्ट्रवाद’ को बहसका बीच शर्टकट्स, जासुसी, अनैतिक जोखिम र इर्ष्र्याजस्ता आरोप पनि लागिरहेका छन् ।

कोभिड–१९ को भ्याक्सिन मेडिसिन क्षेत्रका लागि ठूलो वरदान साबित हुनेछ किनभने यसले मानिसहरुको ज्यान मात्रै बचाउँदैन यसले संसारमा पैदा भएको संकट समाप्त गर्न मद्दत गर्छ र यसमा सफल हुने मानिसहरुले एक विजेताको गौरव पनि हासिल गर्नेछन् ।

अमेरिकाका जर्जटाउन युनिभर्सिटीमा ग्लोबल हेल्थ लका प्राध्यापक लोरेन्स गास्टिनले उनले कहिले पनि कुनै मेडिकल उत्पादनमाथि यस्तो प्रकारको गम्भीर राजनीतिक दाउ लागेको नदेखेको बताएका छन् ।

उनी भन्छन्, ‘कोभिड–१९ को भ्याक्सिनको विषयमा यस प्रकारको राजनीतिक प्रतिकवाद यसकारण छ किनभने संसारका सुपरपावर यो भ्याक्सिनलाई आफ्नो वैज्ञानिक प्रगतिको रुपमा पेश गर्न लागीपरेका छन् जुन वास्तवमा आफ्नो राजनीतिक व्यवस्थालाई श्रेष्ठ बताउने एक कोसिस हो ।’

विश्व स्वास्थ्य संगठनका अनुसार करिब आधा दर्जन उम्मेद्वार ट्रायलको अवस्थामा पुगिसकेका छन् । यसमध्ये तीन चीन, एक ब्रिटेन, एक अमेरिका र एक जर्मनी–अमेरिकाको साझेदारको रुपमा छन् ।

साधारणतया कुनै भ्याक्सिन बनाउन थुप्रै वर्ष लाग्न सक्छ तर अहिले सबै दाबेदार यो प्रक्रियालाई छिटोभन्दा छिटो पूरा गर्न लागीपरेका छन् । रुसको तर्फबाट स्पुतनिकको रजिस्ट्रेशनले साधारण प्रक्रियालाई शर्टकट गर्दा चिन्ता बढाइदिएको छ ।

जुलाईमा बेलायत, अमेरिका र क्यानडाले रुसको जासुसी एजेन्सीमाथि भ्याक्सिनको रिसर्चलाई ह्याक गरेको आरोप लगाएका थिए । यद्यपि, रुसले यसको खण्डन गरेको थियो । त्यसपछिको हप्तामा अमेरिकी न्याय विभागले दुई चिनियाँ ह्याकरमाथि भ्याक्सिन सम्बन्धि जानकारी चोरेको आरोप लगाएको थियो । यी चिनियाँ ह्याकरमाथि चीनको इन्टेलिजेन्स सर्भिसको तर्फबाट यस्तो काम गरेको आरोप थियो । चीनले पनि यो आरोप अस्विकार गरेको थियो ।

मेडिकल टेस्टिङको प्रक्रिया सुस्त हुँदा अहिले संसारभरीको चिन्ता बढेको छ ।

विदेशी सम्बन्धको परिषदमा ग्लोबल हेल्थ प्रोग्रामका निर्देशक थोमर बोलिकीले भनेका छन्, ‘निश्चित रुपमा छोटकरी बाटो अपनाइँदैछ र विशेषगरी रुसको विषयमा यो किटान गरेर भन्न सकिन्छ । भ्याक्सिन बनाउनु कुनै गाह्रो काम होइन तर यो सुरक्षित र प्रभावकारी छ भनेर प्रमाणित गर्नु गाह्रो काम हो । तर यदि देशको रुची भ्याक्सिन बनाउनुमा मात्रै छ भने उनीहरु छोटकरी बाटो अपनाउन सक्छन् ।’

रुसको अन्तिम चरणको परीक्षण बिना र ठूलो परिमाणमा परीक्षण नगरिकनै भ्याक्सिन रजिस्टर गराउने निर्णयमाथि पश्चिमका देशमा निकै आलोचना भइरहेको छ । अमेरिकामा बनाइएको कोरोनाभाइरस टास्कफोर्सका एक महत्वपूर्ण सदस्य डाक्टर एन्थोनी फाउचीले रुसको भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी हुने बारे आफ्नो गहिरो शंका जताएका छन् । यता रुसले भने यी आलोचनालाई ‘इर्ष्या’ बताउँदै खारेज गरिदिएको छ ।

भ्याक्सिन विकसित गर्नेहरुले आफूले चाँडै नै यो भ्याक्सिनसँग जोडिएको डाटा अन्तरराष्ट्रिय म्यागजिनमा छाप्ने बताएका छन् ।

यसैबीच चीनले पनि आफ्नो प्रयासलाई तीब्र पार्योः

चिनियाँ औषधी कम्पनीले आफ्नो वरिष्ठ अधिकारीलाई उनीहरुको इच्छा अनुरुप नै प्रि–टेस्ट भ्याक्सिन परीक्षणको रुपमा दिइएको बताएको छ भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उनकी छोरीलाई स्पुतनिक भ्याक्सिनको डोज दिइएको बताएका छन् ।

यी दुबै देशले आफ्ना फौजी जवानमाथि भ्याक्सिनको परीक्षणको योजना बनाइरहेको बताइएको छ । यो कदममाथि नैतिक प्रश्न पनि उठिरहेका छन् किनभने सबै जवान यो भ्याक्सिन लगाउन इच्छुक हुन्छन् भन्ने छैन ।

पिपल्स लिबरेशन आर्मीसँग काम गर्ने चिनियाँ कम्पनी कानसिनोद्वारा विकसित गरिएको एक भ्याक्सिनलाई जूनमा फौजीमाथि प्रयोग गर्ने अनुमती दिइएको थियो । त्यतिबेला यो भ्याक्सिनको फेज–३ को परीक्षण सुरुसमेत गरिएको थिएन ।

प्राध्यापक गास्टिन भन्छन्, ‘अनुसन्धान कार्यमा मानिसहरुको सहभागिताको विषयमा हामीसँग नैतिक मापदण्ड छ । यसमार्फत् भ्याक्सिनको दुरुपयोग हुनबाट जोगाउन सकिन्छ ।’

भ्याक्सिनविरुद्ध अभियान चलाउनेहरुलाई मौकाः

परीक्षण पूरा नगरिकन भ्याक्सिनलाई चाँडोभन्दा चाँडो बजारमा उतार्न हतार गर्नाले मानिसहरुलाई अत्यधिक आत्मविश्वासी बनाउन सक्छ र कोरोनको संक्रमणलाई थप बढाउन सक्छ । यदि भ्याक्सिनको साइड इफेक्ट हुन्छ भने यो भ्याक्सिनविरुद्ध अभियान चलाउनेहरुका लागि उत्कृष्ट मौका साबित हुनसक्छ ।

धेरैजसो भ्याक्सिन बनाउने योजना एक व्यावसायिक पहल हो र यसलाई अन्तर्राष्ट्रिय साझेदारीमा विकसित गरिँदैछ । तर यति हुँदाहुँदै पनि सरकारले यसलाई आफ्नो प्रतिष्ठासँग जोडेर पनि हेरिरहेका छन् र उनीहरुले कसरी संकटसँग जुधिरहेका छन् भनेर देखाउन चाहन्छन् ।

बोलिकी भन्छन्, ‘यसमार्फत् केही देश विशेषरुपमा प्रतिस्पर्धी भएका छन् र आफ्नो देशभित्र उनीहरु महामारीको समयसँग कसरी जुधिरहेका छन् भन्ने अवधारणालाई बलियो बनाउन तल्लीन छन् ।’

अमेरिकामा यो वर्ष चुनाव हुँदैछ । यसका लागि ट्रम्प प्रशासन निकै दबाबमा छ ।

बेलायतमा पनि भ्याक्सिन विकसित गर्नमा सफलता हात लाग्यो भने आलोचनाको सामना गरिरहेका प्रधानमन्त्री बोरिस जोनसोनलाई प्रोत्साहन हुन्छ । उनका स्वास्थ्यमन्त्री म्याट हेन्ककले बेलायत भ्याक्सिन विकसित गर्ने मामिलामा संसारको नेतृत्व गरिरहने बताएका छन् । बेलायतले पनि अन्य देशले झैं यदि कुनै अन्य देशले सफलतापूर्वक भ्याक्सिन बनाउँछ भने त्यसको अनुबन्ध पाउनका लागि आफ्नो दाबी पेश गरिसकेको छ । यसले यो समयको अर्को एउटा पाटो दर्साउँछ ।

भ्याक्सिन राष्ट्रवादः

थोमस बोलिकी भन्छन्, ‘पश्चिमी देशबीच निश्चित रुपमा भ्याक्सिन राष्ट्रवाद हो । यसलाई तपाईंले ब्रिटेन र अमेरिकामा भ्याक्सिनको सुरुवाती खुराकलाई आफ्नो देशका लागि सुरक्षित राख्न अपनाइएको नीति हेरेर बुझ्न सक्नुहुन्छ ।’

यो कुरा साँचो हो कि राष्ट्रवादको उदय कोरोनाभाइरसको सुरुवात हुनुअघि नै सुरु भइसकेको थियो । तर यो रोगले त्यसलाई बलियो बनाइदिएको छ ।

भेन्टिलेटर्स र पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको विषयमा सुरुवाती महामारीका बेला यो देख्न पाइएको थियो कि देशले आ–आफ्नो शिपमेन्टलाई सुरक्षित गर्न कति आतुर थिए । यसले विदेशी आपूर्तिमाथि निर्भरता र घरेलु स्तरमा उत्पादनलाई बढोत्तरी गर्नुपर्ने आवश्यकताको रुपमा देखाउँछ ।

भ्याक्सिन विकसित भएपछि त्यसलाई अन्तरराष्ट्रिय स्तरमा उपलब्ध गराइने भनेर जतिले भनिरहेका छन् उनीहरु आफ्नो प्रयासमा सफल भएपछि सबैभन्दा पहिला आफ्ना देशका नागरिकको जीवन सुरक्षित गर्न र अर्थव्यवस्थालाई सम्हाल्नमा यसको प्रयोग गर्नेछन् । किनभने यदि उनीहरु यो मोर्चामा असफल हुन्छन् भने उनीहरुले मानिसको रिसको सामना गर्नुपर्ने हुनसक्छ र उनीहरुलाई असक्षम मानिनेछ ।

विश्व स्वास्थ्य संगठनका मुखियाले १८ अगस्टमा पुनः ग्लोबल प्रोग्राम जोइन गर्न अपिल गरेका छन् । यसमार्फत् धनी देशलाई भ्याक्सिन बनेपछि गरिब देशलाई प्रदान गर्नका लागि बाटो खुल्ने डब्ल्यूएचओले अनुमान गरेको छ ।

उनले भने, ‘हामीले भ्याक्सिन राष्ट्रवादलाई रोक्न आवश्यक छ ।’

भ्याक्सिनको प्रयोग अन्य देशको समर्थन पाउनका लागि कुटनीतिक सम्बन्धको एक साधनको रुपमा पनि गर्न सकिन्छ ।

बोलिकी मान्छन्, ‘हरेक सरकारले केही सुरुवाती खेप कुटनीतिक सम्बन्धमा प्रयोगका लागि राख्न सक्छन् ।’

बजारमा सबैभन्दा पहिला उतार्नुको अर्थ यो होइन कि ती भ्याक्सिन निकै प्रभावकारी पनि छन् । विशेषज्ञले यो एक्लो बिजेता बन्ने समय नभएको भन्दै चेतावनी दिएका छन् । यसको अर्थ यो हो कि भ्याक्सिनलाई विकसित गर्न र त्यसको आपूर्ति गर्ने विषयको प्रतिस्पर्धा एउटा सुरुवात मात्र भएर रहन सक्छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah