भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादी केन्द्र र कांग्रेस गठबन्दनकी उमेदवार रेणु दाहालले एमालेसँगको मतान्तरको दूरी घटाउन सुरु गरेकी छन् ।
एमाले उमेदवार देबी ज्ञवालीले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका बेला वडा नम्बर १३ को मतगणना सुरु भएपछि उक्त वडामा रेणुले अग्रता लिन सुरु गरेकी छन् । १३ नम्बर वडाको ६ सय मत गन्दा रेणुका पक्षमा ३४९ मत खसेको छ भने देबीका पक्षमा १७० मत मात्रै खसेको छ ।
तोरीखेत क्षेत्रको १३ र १४ नम्बर वडालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका दाबी गर्दै आएको छ ।
१३ नम्बर वडाको मतगणनामा रेणुले ज्ञवालीलाई लिड गरिन् भने परिणाम माओवादी केन्द्रको पक्षमा जानसक्ने सम्भावनाको ढोका खुल्नेछ । अन्यथा परिणाम उनको पक्षमा जाने संकेत देखिने छैन । यो वडामा आफूले जित्ने माओवादी केन्द्रले दाबी गर्दै आएको छ ।
१४ नम्बरको नतिजा आइसक्दा परिणाम कसको पक्षमा आउँछ लगबग टुङ्गो लाग्नेछ । १४ नम्बरको परिणाम भोलीसम्ममा आउनेछ ।
अहिले एमाले उमेदवार ज्ञवालीको पक्षमा २६ हजार २२६ मत खसेको छ भने रेणुका पक्षमा २२ हजार ५६९ मत प्राप्त गरेकी छन् ।



