जेष्ठ १०, २०७४- ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् । गएराति प्रकाशित निर्वाचन अधिकृतको अन्तिम नतिजा अनुसार महर्जनले ३२६ मतको अन्तरले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई हराउँदै ललितपुर महानगरको पहिलो विजेता बन्न सफल भएका हुन् । चिरिबाबुले २४ हजार ६ सय ४२ मत ल्याए भने हरिकृष्णले २४ हजार ३ सय १६ भोट।

साझा पार्टीका उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत पाए।

यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै गीता सत्याल निर्वाचित भइन्। उपमेयरमा राप्रपा र नेकपा एमालेका संयुक्त उम्मेदवार बाबुकाजी शाक्य साझा पार्टीका उम्मेदवार शोभा शाक्यले भन्दा कम मत ल्याए । बाबुकाजीले १० हजार ५ सय ४० ल्याए भने उपमेयरकी विजेता गीताले १९ हजार ८१९ मत पाइन्। साझा पार्टीकी रहेकी शोभा शाक्यले १४ हजार २४० मत ल्याइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah