नेपाली काँग्रेस, माओबादी केन्द्र र राप्रपाले उम्मेदवारको टुंगो लगाइसकेको अवस्था रहेको छ । स्थानीय तहको निर्वाचन आउन अब २० दिन बाँकी छ तर नेकपा एमालेले अझै नगरपालिका र गाँउपालिकाका प्रमुखहरुको निश्चित गरिसकेको अवस्था छैन । दूइदिनदेखि इटहरीमा बसिरहेको प्रदेश कमिटीको बैठकमा भएका निर्णयहरु सार्वजनिक हुन सकेको छैन भने नेताहरुलाइ कडा अनुशाषन लगाइएको छ । बैठकमा सहभागि एक प्रदेश कमिटीका सदस्यका अनुसार झापा जिल्लाका अधिकाँश ठाँउका बिबादहरु सुल्झेर प्रमुख तथा उपप्रमुखहरु निश्चित भइसकेको छ । अब सार्वजनिक हुने तयारीमा रहेकाछन् । एकदेखि दूइदिन भित्र को को नगर तथा गाँउका प्रमुख र उपप्रमुख भनेर सार्वजनिक हुने ति नेताले बताए । दमकमा रोम ओली र अम्बिका खनालको नाम सिफारीस पुगेको छ । ओलीको सम्भावाना बढि रहेको बताइन्छ । गौरादहबाट हिक्मत कार्की, छत्रपति सुबदी र मदन अधिकारीको नाम चर्चामा छ । सम्भवत कार्कीको नाम सिफारीस भएर आउनेछ ।
नेकपा एमालेबाट दमक सहित झापाका नगरपालिकामा मेयर को को ?
सवाल नेपालसंवाददातामंगलबार, ८ जेठ २०७४

नेकपा एमालेबाट दमक सहित झापाका नगरपालिकामा मेयर को को ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



