ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उमेदवार चिरीबाबु महर्जन मेयर र गीता सत्याल  उपमेयरमा विजयी भएका छन् ।

महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाएका छन् । एमालेका ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको छ ।

यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै गीता सत्याल निर्वाचित भइन्। उपमेयरमा राप्रपा र नेकपा एमालेका संयुक्त उम्मेदवार बाबुकाजी शाक्य साझा पार्टीका उम्मेदवार शोभा शाक्यले भन्दा कम मत ल्याए ।

बाबुकाजीले १० हजार ५ सय ४० ल्याए भने उपमेयरकी विजेता गीताले १९ हजार ८१९ मत पाइन्। साझा पार्टीकी रहेकी शोभा शाक्यले १४ हजार २४० मत ल्याइन्।

ललितपुर महानगरपालिकाको पहिलो जननिर्वाचित मेयर बन्ने सौभाग्य पाएका  महर्जनको जन्म १६ मंसिर ०१४ सालमा ललितपुरको पुल्चोकमा भएको हो, नयाँ पत्रिकामा खबर छ  ।

त्रिभुनव विश्वविद्यालयबाट एमकम उत्तीर्ण चिरिबाबु ललितपुरका जनताबीच कति लोकप्रिय छन् भन्ने कुरा उनी यसअघि ललितपुर नगर र उपमहानगरमा तीनपटकसम्म निर्वाचित वडा अध्यक्ष थिए भन्ने तथ्यले पुष्टि गर्छ ।

पहिले पार्टीले टिकट दिएर र त्यसपछि जनताले निर्वाचित गरेर उनको काँधमा महानगरपालिकाको ठूलो भारी हालिदिएका छन् । तर, उनी यो भारीलाई जिम्मेवारीबोधसहित पूरा गर्ने बताउँछन् । उनले महानगरपालिकाभित्र बढ्दै गएको भ्रष्टाचार, अनियमितता कम गर्ने, महानगरबासीलाई सेवा प्रवाह गर्ने काममा हुने ढिलासुस्ती अन्त्य गरेर सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महानगरभित्र समस्या बन्दै गएको धुँवा, धुलो, प्रदुषण न्युनिकरण देखि, गोरखा भूकम्पले भत्काएका लतिललपुरका ऐतिहासिक, सांस्कृतिक सम्पदाको पुरानै स्वरुपमा पुनर्निर्माणका योजनासम्म उनले बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah