नेकपा एमालेको तर्फबाट झापाको दमकको मेयरको उम्मेदवार रोमनाथ ओली हुने निश्चित भएको छ । नेकपा एमाले जिल्ला कमिटिले ओलीको नाम सर्वसम्मत रुपमा अनुमोदनका लागि प्रदेश कमिटिमा सिफारीस गरेकाले निश्चित बनेको श्रोतको भनाइ रहेको छ । यद्यपि यसको औपचारिक पुष्टाइ भने भइसकेको छैन । श्रोतका अनुसार एकजनाको मात्र नाम मेयरका लागि प्रदेशमा सिफारीस भएकाले ओली नै दमकको मेयरका उम्मेदवार बन्ने ढोका खुलेको छ । उपमेयरको भने अझै निश्चित भइनसकेको बताइन्छ । आजै सर्वसम्मत भएकाहरुको नाम बेलुका सम्ममा सार्वजनिक हुने र बाँकी सचिबलालयले निर्णय गर्ने श्रोतको भनाइ छ । ओली दमक नगरपालिकाका पूर्व मेयर हुन् । सामाजिक र राजनीतिक रुपमा स्वचछ र सादकी जिबन जिउने पात्रको रुपमा चिनिन्छन् । दमकको मेची सहकारी संस्थाको अध्यक्ष पनि रहेकाछन् । निरन्तर रुपमा सामाजिक र राजनीतिक रुपमा सक्रिय रहेका उनको उम्मेदवारीले दमकमा अब चुनावी रौनक थपिनेछ ।
BREKING NEWS एमालेबाट दमकको मेयर उम्मेदवार रोमनाथ ओली
सवाल नेपालसंवाददाताबुधबार, ९ जेठ २०७४

BREKING NEWS एमालेबाट दमकको मेयर उम्मेदवार रोमनाथ ओली
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



