नेपाल राष्ट्र बैंकले घर र गाडी खरिद कर्जामा स्थिर ब्याजदरको नीति अगाडि सारेको छ।
यसअघि घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिमा समेत पटक पटक ब्याजदर परिवर्तन गर्दै आएका थिए।
तर,राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत छ। आज नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन जारी एक वर्ष भन्दा बढी अवधिको ऋण लिएर घर तथा गाडी किन्ने ऋणीको ब्याजदर घटबढ नहुने व्यवस्था गर्न निर्देशन दिएको हो।
राष्ट्र बैंकको यो निर्देशनसँगै अब ग्राहकले ऋण लिँदाको बखत जति ब्याजदर तय भएको थियो, सोही दरमा ब्याज तिर्नेछन्।
निर्देशनमा भनिएको छ, ‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नु पर्नेछ। यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ।’



