दमक। पेल्टीमारी प्रवासी मञ्च चुलाचुली इलामले हरेक बर्ष प्रदान गर्दै आएको SEE छात्रबृत्ती यस बर्ष चुलाचुली-४ इलामकी सर्मीला तुम्रोकलाई प्रदान गर्ने भएको छ । उनले SEE मा ३.७ GPA प्राप्त गरेकी छन् ।

यस वडा बाट २०७६ सालको SEE मा सर्बोत्कृष्ट अंक ल्याउने श्री बाल ज्योती मा.बि. की छात्रा तुम्रोकलाई नगद १० हजार र प्रमाण पत्र सहित भोली सोमबार वाल दिवसका दिन प्रदान गर्दै सम्मान गरिने मञ्चका सचिव धर्म अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो।

मञ्चले २०७२ साल देखी विद्यार्थीहरुमा थप हौशला प्रदान गर्ने उदेश्यका साथ छात्रवृत्ती वितरण गर्दै आएको छ । उसले सोहि विद्यालयमा एक कार्यक्रमकाबीच सम्मान गर्ने जनाएको छ । सम्मान कार्यक्रम विहान ११ बजेका लागि तयगरिएको कार्यक्रम संयोजक देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय