काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रिडाँडाबाट ४ वटा बन्दुकसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झग्रिडाँडा बस्ने ६९ बर्षीय भीमबहादुर ठकुरी र ६० बर्षीय ओम बहादुर हमाल छन् । भिम बहादुरको साथबाट प्रहरीले ईजाजत पत्र नभएको एउटा भरुवा बन्दुक र एकथान बाह्रबोर बन्दुक बरामद गरेको छ । बाह्रबोर बन्दुक घातक हतियार हो, जुन नेपाल प्रहरीले प्रयोग गरिरहेको छ ।

ओमबहादुरको साथबाट प्रहरीले दुईवटा एकनाले भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकमा लाग्ने टोटा, गोली र छर्रा पनि बरामद गरिएको छ ।

बन्दुकसहित पक्राउ गरिएकालाई हातहतियार तथा खरखजाना मुद्धामा जिल्ला अदालतबाट २५ दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

भदौ १९ मा अर्जुनचौपारी गाउँपालिका–१ स्थित माझापाटा जंगलमा इन्द्र बहादुर खत्रीले हानेको बन्दुकको छर्रा लागेर ४५ बर्षिय भीमबहादुर गोदार घाइते भएका थिए ।

बिना ईजाजत अवैध रुपमा राखिएको बन्दुकका कारण मानविन क्षती हुने भन्दै स्याङ्जा प्रहरीले पछिल्लो समय ‘बन्दुक अप्रेशन’ चलाइरहेको छ ।

‘अवैध रुपमा राखिएका बन्दुकका कारण मानविय क्षती हुनसक्छ’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी बोगटीले भने–‘पछिल्लो केही दिनयता हामिले ईजाजत पत्र नभएका पाँचवटा बन्दुक बरामद गरेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय