काठमाडौं। नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।