बिष्णुप्रसाद पोखरेल
केहि दिनअघिमात्र सरकारले गाँउपालिकाबाट स्तरउन्नती गरेर नगरपालिका बनाउने निर्णय गरेको कमल नगरपालिकाको मेयरमा नेकपा एमालेले लामो समयदेखि राजनीतिमा सक्रिय रहेकी महिला नेतृ मेनुका काफ्लेलाइ मेयरको रुपमा उम्मेदवार बनाएको छ । उनि अहिले अखिल नेपाल महिला संघको केन्द्रिय सचिब हुन् । मेयरको रुपमा चर्चा भएका बेनुप्रसाद शिवाकोटीलाइ एमालेले उपमेयर बनाउने निर्णय गरेको बताईएको छ । प्रदेश कमिटीका एक सदस्यका अनुसार जिल्लामा एमालेमात्र यस्तो पार्टी हो जसले महिलालाइ पनि मेयरको रुपमा अघि बढाएको छ । अन्य कुनै पनि पार्टीले महिलालाइ मेयरको रुपमा अघि सारेको छैन । यहाँ एमालेको जित शुनिश्चित रहेको जनाइएको छ ।



