काठमाडौं- आज (बुधबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ९७ हजार ५ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ४ सयले बढेर ९६ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै मंगलबार प्रतितोला ६ सयले बढेर ९७ हजार ५ सय कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय