काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज (भाद्र ३१ गते, बुधबार) बाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई निष्कासन गरेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आईपी) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।
यसैगरी, कम्पनीलाई जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल फागुन २६ गते सेबोनमा निवेदन पेश गरेकोमा सेबोनले असार २५ गते, बिहीबार निष्कासन गर्न अनुमति दिएको थियो ।

नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावितलाई ६० प्रतिशत छुट्टाइएको छ । नुवाकोट जिल्लाको अति प्रभावित पन्चकन्या गाउँपालिका वडा नम्बर ४ (साविकको थप्रेक गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन भने तादी गाँउपालिका, पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन्। त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हो ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

आईपीओमा दुवै वर्गका प्रभावितहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आईपीओमा छिटोमा असोज २४ गते र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah