दमक। झापाको दमकका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका ८ जनासँगै दमकमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक सय ३७ पुगेको छ । आज संक्रमण पुष्टि हुनेमा ७ पुरुष र एक महिला छन् ।

संक्रमितहरु वडा नम्बर १,४,५, ८ र १० का हुन् । कोरोना संक्रमण पुष्टि भएकामध्ये ७६ पुरुष र २४ महिला गरी एक सय जनाले कोरोना जितिसकेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएकाहरुलाई कहाँ पठाउने भन्ने निर्णय भइनसकेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय