जारी मतगणनाको पछिल्लो परिणामअनुसार भतपुर महानगरपालिकाको मेयरका लागि माओवादी–कांग्रेस गठवन्धनकी उम्मेदवार माओवादी नेत्री रेणु दाहालले प्रतिद्वन्द्वीसँगको मतान्तर घटाएकी छन् ।
मंगलबार साँझसम्म करिव ३८ सय मतान्तरले पछि परेकी रेणुले बिहीबार विहानसम्म आइपुग्दा मतान्तरलाई १७४९ मा समेटेकी छन् ।
भरतपुर महानगरको २५ नम्बर वडाको अध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएका छन् । र सँगै मेयरको मतपरिणाममा पनि माओवादीका लागि सकरात्मक बनेका छ ।
२५ नम्बर वडाको मतगणना सकिँदा मेयर पदका प्रत्यासी एमालेका देवी ज्ञवालीले ३०६८२ मत पाएका छन् भने माओवादीकी रेणु दाहालले २८९३३ मत पाएकी छन् ।
अब १५ देखि २४ नम्बरसम्मका वडाहरुमा मतगणना हुन बाँकी छ । जसमध्येका अधिकांश वडाहरुलाई नेपाली कांग्रेसको गढ मानिन्छ भने माओवादीले पनि ती वडाहरुमा आफ्नो राम्रो प्रभाव रहेको बताएको छ ।



