काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य एक एक रुपैयाँले घटाएको छ । पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको छ । नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ ।